(१) विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका सन्तानको हकमा देहायका कागजातसहित अनुसूची–७ बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ –
(क) आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(ख) नेपालमा जन्म भई स्थायी बसोबास गरेको व्यहोरा खुल्ने सम्बन्धित स्थानीय निकायको सिफारिस,
(ग) बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता नलिएको निस्सा ।
(२) ऐनको दफा ५ को उपदफा (४) मा उल्लिखित शर्त र अवस्था पूरा गरेको कुनै विदेशी नागरिकले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा आफू बसोबास गरी आएको वासस्थानसँग सम्बन्धित स्थानीय निकायको सिफारिससाथ सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष अनुसूची–७ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम निवेदन प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले आवश्यक देखेमा सम्बन्धित नगरपालिकाको प्रमुख वा गाउँ विकास समितिको अध्यक्षसँग आवश्यक कुराहरू बुझी निवेदकले ऐनको दफा ५ को उपदफा (४) मा उल्लिखित शर्त तथा अवस्था पूरा गरेको देखिएमा आफ्नो रायसहित निवेदन मन्त्रालयसमक्ष पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्राप्त निवेदनउपर छानविन गरी मन्त्रालयले अनुसूची–८ बमोजिमको ढाँचामा अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्न सक्नेछ ।
(५) ऐनको दफा ५ को उपदफा (५) बमोजिम अङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको सन्तानमध्ये निजले सो नागरिकता प्राप्त गर्नुभन्दा पहिले जन्मेका सन्तानले अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न चाहेमा अनुसूची–७ बमोजिम सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिन सक्नेछ । निवेदनसाथ नाता प्रमाणित पत्र, बाबु वा आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निज नेपालमा बसोबास गरिरहेको
व्यहोराको स्थानीय निकायले गरिदिएको सिफारिस संलग्न गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम प्राप्त निवेदनउपर छानविन गर्दा निवेदक अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र पाउन योग्य देखिएमा निजलाई अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ ।
(क) आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(ख) बंशजको नाताले . प्राप्त गरेको नागरिकताको प्रमाणपत्रको सक्कल,
(ग) निज नेपालमा बसोबास गर्दै आएको व्यहोरा खुल्ने; गरी स्थानीय तहले गरिदिएको सिफारिस,
(घ) बाबु विदेशी रहेको व्यहोरा खुल्ने कागजात,
(ङ) बाबुको नामबाट विदेशको नागरिकता नलिएको भनी अनुसूची-८ख. बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत समक्ष गरेको स्वघोषणा ।
(८) उपनियम (७) बमोजिम प्राप्त निवेदन उपर छानबिन गरी निवेदकले वंशजको नाताले प्राप्त गरेको नागरिकताको प्रमाणपत्र खिची निजलाई अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिनेछ ।
(९) उपनियम (८) बमोजिम अङ्गीकृत नेपाली नागरिकता प्रदान गर्दा नागरिकताको प्रमाणपत्र तथा सोको अभिलेखमा पहिले वंशजको आधारमा नेपाली नागरिकता पाएको मिति तथा नागरिकता नम्बर र अङ्गीकृत नेपाली नागरिकतामा परिणत भएको व्यहोरा समेत खुलाउनु पर्नेछ ।